PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

वर्षकै हिट अभिनेत्री बनिन् तापसी पन्नू, यी हुन करियरलाई उचाईंमा पुर्‍याउने ५ फिल्म



पहिलोपोस्ट

वर्षकै हिट अभिनेत्री बनिन् तापसी पन्नू, यी हुन करियरलाई उचाईंमा पुर्‍याउने ५ फिल्म

बलिउड अभिनेत्री तापसी पन्नू वर्षकै सफल अभिनेत्री बनेकी छन्। सन् २०१९ मा प्रदर्शनमा आएका ५ फिल्मले उनको करियरलाई उचाईंमा पुर्‍याएको छ। वर्षभर खेलेका ५ वटै फिल्मको सफलताले उनले बक्स अफिसमा सफल अभिनेत्रीको उपाधि पाएकी हुन्।

जुम टिभीको रिपोर्टका अनुसार तापसीका फिल्मले कुल ३५२ करोड रुपैयाँ कमाएको छ। आफू वर्षकै सफल अभिनेत्री बनेपछि तापसीले दर्शकको साथका लागि धन्यवाद दिएकी छिन्।

सन् २०१९ मा तापसी अभिनित फिल्म मिसन मंगल, गेम ओभर, बदला, साँड कि आँख रहेका छन्। थप्पड यस वर्षको मार्चमा प्रदर्शन भएको थियो। यो फिल्म कोरोना भाइरस महामारी र लकडाउनको मारमा पर्‍यो। यी पाँचवटै फिल्मबाट तापसीको आलोचनात्मक प्रशंसा भयो।

थप्पडकी अर्की अभिनेत्री दिया मिर्जाले पनि तापसीलाई बधाई दिएकी छन्। उनले तापसीको फिल्म छनौटको कलालाई प्रशंसासमेत गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell