PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

दश हजार ४ सयले बढ्यो तोलामा सुनको मूल्य, अब एक तोला सुनको मूल्य ८७ हजार ४ सय



पहिलोपोस्ट

दश हजार ४ सयले बढ्यो तोलामा सुनको मूल्य, अब एक तोला सुनको मूल्य ८७ हजार ४ सय

काठमाडौः सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचाँदी बजार खुलेको छ। सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ पुगेको छ।

लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो। त्यसपछि आज खुलेको बजारमा सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँले बढेको छ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो। आजको मूल्यसँग तुलना गर्दा तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ। आज लकडाउनको ७६ औं दिन हो।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबार चाँदीको मूल्य ९२५ रुपैयाँ तोकेको छ। चाँदीमा पनि अस्वभाविक रूपमा मूल्यवृद्धि भएको छ। लकडाउनअघि भन्दा अहिले चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेको हो।

जेठ १५ मा आएको बजेटले सुनमा भन्सार दर बढाएको छ। सरकारले प्रति १० ग्राम दुई हजार रुपैयाँ (तोलाको २३३२ रुपैयाँ) ले सुनको भन्सार बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell