PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

‘कोरोना महामारी नियन्त्रणमा लाग्नेबेला प्रधानमन्त्री स्वास्थ्य भ्रष्टाचारको ढाकछोपमा लागे, सेना परिचालन गलत’



पहिलोपोस्ट

‘कोरोना महामारी नियन्त्रणमा लाग्नेबेला प्रधानमन्त्री स्वास्थ्य भ्रष्टाचारको ढाकछोपमा लागे, सेना परिचालन गलत’

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठीक भएको बताए।

उनले गृहमन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने पनि बताए। तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए।

सरकार राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा असफल भइसकेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell