PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सरकार आर्थिक र कुटनीतिक रुपमा असफल भयो, सेना परिचान गलत भयोः काँग्रेस नेता सिंह



पहिलोपोस्ट

सरकार आर्थिक र कुटनीतिक रुपमा असफल भयो, सेना परिचान गलत भयोः काँग्रेस नेता सिंह

काठमाडौः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री प्रकाशमान सिंहले कोरोना सङ्क्रमणको समयमा सरकारले सेना परिचालन गरेकोमा विरोध गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए।

उनले गृहमन्त्री अन्तर्गतको विपद् व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने बताएका थिए। तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप समेत लगाएका थिए।

सरकार राजनीतिक, आर्थिक र कूटनीतिक रूपमा असफल भइसकेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell