
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाका कारण खराब हालत भोगिरहेका मुलुकमा भारत थप उचाईतिर लम्किरहेको छ। छैटौं स्थानमा रहेको भारतले स्पेनलाई पछि पार्दै पाचौं स्थान बनाएको हो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाका कारण खराब मुलुकको सूचीमा अमेरिका अग्रस्थानमा छ भने भारत पाचौं। भारतले यसअघि युरोपका दुई मुलुक स्पेन र इटालीलाई खराब सूचीमा पछि पारेको थियो।
इटालीमा संक्रमितको संख्या २ लाख ३४ हजार ८ सय १ र सेपेनमा २ लाख ४१ हजार ३ सय १० संक्रमित रहेका छन्। भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ रहेको छ। भारतभन्दा अगाडि अब बेलायत, रसिया, ब्राजिल र अमेरिकामात्र रहेका छन्।
खराब सूचीमा सबैभन्दा माथि रहेको अमेरिकामा संक्रमितको संख्या २० लाख छुनै लागेको छ। अमेरिकामा अहिलेसम्म १९ लाख १९ हजार ४ सय ३० जना संक्रमित छन्। दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६ लाख ४५ हजार ७ सय ७१ रहेको छ। तेस्रो स्थानमा रहेको रसियामा संक्रमित संख्या ४ लाख ५८ हजार १ सय २ रहेको छ। यी सबै मुलुकमध्ये रसियामा मृत्युदर भने सबैभन्दा कम रहेको छ। बेलायतमा संक्रमितको संख्या २ लाख ८६ हजार २ सय ९४ रहेको छ।