PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

जब वर्ल्ड ट्रेड सेन्टरमा ठूलो विष्फोट भयो...

जब वर्ल्ड ट्रेड सेन्टरमा ठूलो विष्फोट भयो...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइतवार बिहान ११ ३० बजे दशरथ रंगशालामा 'ड्वाङ्' गरेर चर्को आवाज सुनियो। रंगशालाको मैदानमा काम गरिरहेका कामदारहरु तर्सिए। आवाज आएको थियो वर्ल्ड ट्रेड सेन्टरतिरबाट। कसैले गाडीले घरमा हानेको अनुमान गरे त कसैले लिफ्ट झरेको। रंगशालाको भीआइपी प्यारापिटबाट हेर्दा त्रिपुरेश्वर चोकमा मान्छेहरुको भिड लागिसकेको थियो, वर्ल्ड ट्रेड सेन्टर अगाडि।

त्यहाँ पुग्दा थाहा भयो अघि गरेका सबै अनुमान गलत थिए। त्यहाँ त ढलको ढक्कन पड्किएको रहेछ। एउटा जुत्ता पसल भन्दा केही पर ढलको काम चलिरहेको थियो तर एक्कासी पसल अगाडि ढलको ढक्कन ठूलो आवाजका साथ माथि उड्यो र बिल्डिङको स्ल्याबमा ठोक्कयो। वरपरका सबैजना आत्तिए।

'मुनि ग्यास जम्मा भएर माथिको ढक्कन एक्कासी उड्यो,' त्यहाँ नजिकै काम गरिरहेका प्रत्यक्षदर्शी उपेन्द्र प्रसाद रायले भने।

'सू ब्याङ्क' पसलका सञ्चालकहरु विस्फोटका कारण डराइरहेका थिए। पसका सञ्चालक अनिल कुमार बंशलले आत्तिदै भने, 'मेरो छोरा त्यहीँ अघि उभिरहेको थियो। अलिकति दायाँबाया भएको भए के हुन्थ्यो?'

ढलको ढक्कन माथि स्लावमा ठोक्किएर झन्डै ४ मिटर पर उछिट्टिएको थियो। हेर्नुस् विस्फोट स्थलका दृष्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell