PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेकपाले बोलायो सचिवालय, एमसीसीबारे छलफल हुने



पहिलोपोस्ट

नेकपाले बोलायो सचिवालय, एमसीसीबारे छलफल हुने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न सोमबार (भोलि) अपरान्ह चार बजेका लागि बैठक बोलाएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

गत शनिवार बसेको सचिवालय बैठकले अर्को बैठकबाट एमसीसीबारे पार्टीको आधिकारीक धारणा बनाउने निष्कर्ष निकालेको थियो।

सोमबारको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, 'के विषयमा छलफल हुने भन्ने त बताइएको छैन।’

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि एमसीसीबारे छलफलका लागि बैठक बोलाइएको हुन सक्ने बताए। ‘एमसीसीबारे छलफल हुनसक्छ,' उनले भने।

नेकपामा एमसीसी करिब एक वर्षदेखि विवादित छ। अघिल्लो शनिवार बसेको बैठकले एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीसी सम्बन्धी सबै काम रोक्न निर्णय गरेको थियो।

बैठकले एमसीसीबारे निर्णय लिन सक्ने नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell