PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ईन्द्रावती गाउँपालिका वडा नम्बर ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए।

मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा रहेका युवामा संक्रमण पुष्टि भएको हो। उनको स्वाब संकलन गरी गत जेठ २१ गते टेकु पठाइएको थियो। आइतवार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। उनी केही समय भारतबाट आएको र विभिन्न ठाउँमा बस्दै आएको खुलेको छ। उनीसँगै अर्का एक जना पनि आएका थिए। उनीहरूलाई मेलम्ची क्वारेन्टाइनमा राखिएको थियो।

यससँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ। केही दिन अघि इन्द्रावती १० का एक युवामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोनाको कारण निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell