PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

काठमाडौंमा उपचाररत संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट लिइयो ३८ जनाको स्वाब



पहिलोपोस्ट

काठमाडौंमा उपचाररत संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट लिइयो ३८ जनाको स्वाब

काठमाडौं : काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका एक जनाको कन्ट्र्याक्ट ट्रेसिङबाट ३८ जनाको स्वाब संकलन गरिएको छ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा नेपाल प्रहरीको संयुक्त टोलीले कन्ट्र्याक्ट ट्रेसिङ थालेको थियो।

कन्ट्र्याक्ट ट्रेसिङबाट उनको सम्पर्कमा रहेका ३८ जनाको पहिचान भएको मन्त्रालयले जनाएको छ। उनीहरुको नमुना संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell