PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोनाको उच्च जोखिममा कर्णाली प्रदेश : २० दिनमै ६४१ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

कोरोनाको उच्च जोखिममा कर्णाली प्रदेश : २० दिनमै ६४१ जनामा संक्रमण पुष्टि

काठमाडौं: कोरोना भाइरस संक्रमणको ग्राफमा सबैभन्दा पछाडि चढेको कर्णाली प्रदेश सबैभन्दा बढी संक्रमित प्रदेशको तेस्रो स्थानमा आइपुगको छ। कर्णाली प्रदेशमा हालसम्म ६४१ जनामा संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कर्णाली प्रदेशका सबै जिल्लाहरुमा कोरोना भाइरस संक्रमित देखा परेका छन्। जेठ ५ गते दैलेखमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण पछिल्लो २० दिनमा ६ सयको आँकडा पार गरेको हो।

जेठ १० गते सुर्खेतमा तीन जनामा संक्रमण पुष्टि भयो। त्यस्तै जेठ १२ गते दैलेखमै थप ७ जनामा संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएको १२ दिनमा संक्रमितको संख्या १०० कट्यो। त्यसको दुई दिनमा नै संक्रमितको संख्या दुई सय पार गर्‍यो।

अर्को तीन दिनमा यो आँकडा साढे तीन सय पार गरेको थियो। जेठ २२ गते कर्णालीमा एकैपटक ११४ जनामा संक्रमण पुष्टि भयो। संक्रमितमध्ये ११३ जना दैलेख जिल्लाका थिए। त्यसको अर्को दिन जेठ २३ गते पुनः १०० जना संक्रमित थपिए। दैलेखमा ९१ जनामा संक्रमण पुष्टि भयो। त्यसको अर्को दिन जेठ २४ गते संक्रमितको संख्या ५८७ पुग्यो।

आइतबार अपराह्नसम्म ५४ जना संक्रमित थपिँदै संख्या ६४१ पुगेको छ।

प्रदेशमा संक्रमितमध्ये १५ जना कर्णाली प्रदेशभन्दा बाहिरका छन्। जसमध्ये बझाङका १, बाजुराका १, अछामका १०, दोलखा, रामेछाप र गोरखाका एक/एक जना रहेका छन्।

Made with Flourish

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell