PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोना संक्रमण बढ्न सक्ने भन्दै वीरगंजमा अत्यावश्यक बाहेकका पसलहरु पुनः गरियो बन्द



राधेश्याम पटेल

कोरोना संक्रमण बढ्न सक्ने भन्दै वीरगंजमा अत्यावश्यक बाहेकका पसलहरु पुनः गरियो बन्द

वीरगंज : कोरोना संकट व्यवस्थापन केन्द्र पर्साले वीरगंजमा अत्यावश्यक बाहेकका पसलहरु पुनः बन्द गराउने निर्णय गरेको छ। जेठ २३ गते बसेको बैठक अनुसार यसअघि निर्णय भएको बुँदा नम्बर २ अन्तर्गतको ५ र ६ नम्बर वर्गका सबै पसलहरु बन्द गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए।

वीरगंजमा जेठ २३ गते देखि विभिन्न व्यवसाय सञ्चालन गर्न जिल्लास्थित संकट व्यवस्थापनले ८ वटा निर्णय गरेको थियो। जसमा निर्णय नम्बर २ अन्तर्गत ५ औं बुँदामा रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स आदि पसलहरु जोर गतेका दिन बिहान ११ बजेदेखि ४ बजे सम्म खोल्ने निर्णय भएको थियो।

त्यस्तै, बुँदा नम्बर ६ मा हार्डवेयर, साइकल, मोटरसाइक, स्पेयर पार्ट्स, अटोवर्क्स, भाडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसलहरु बिजोर गतेका दिन बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्ने निर्णय भएको थियो। जेठ २५ गतेदेखि यी पसलहरु बन्द गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell