PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

सहमति दुई घण्टामै उल्टिँदा बाबुराम वरिष्ठ नेतामा सीमित, जनता समाजवादी निर्वाचन आयोगमा दर्ता



कुञ्जरमणि भट्टराई

सहमति दुई घण्टामै उल्टिँदा बाबुराम वरिष्ठ नेतामा सीमित, जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

काठमाडौँः जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । लामो रस्साकस्सीपछि आइतबार आयोगमा दल दर्ता भएको हो । वैशाख १० गतेबाठ एकीकरण प्रक्रिया प्रारम्भ भए पनि आइतबार मात्र पूरा भएको हो। 

पद बाँडफाँडमा कुरा नमिलेपछि डेढ महिनासम्म आयोगका दलले दर्ता प्रक्रिया पूरा गरेको थिएन। 

दर्ता दलको केन्द्रीय कार्यकारिणी सदस्य ५३ जना छन् । 

पार्टीका अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहेका छन्। यस्तै, अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता छन्। वरिष्ठताको वरीयतामा राई पहिलो, भट्टराई दोस्रो र महतो तेस्रो स्थानमा छन्। 

आइतबार दिउँसा बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउनेगरी सहमति भएको थियो। दुई घण्टामै सहमति उल्टिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell