कैलाली : सुदूरपश्चिममा आइतवार थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा कैलालीको मसुरीयाका ४७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै कैलालीमा कुल संक्रमितको संख्या ४६ पुगेको छ।
हालसम्म कैलालीमा सबैभन्दा बढी गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, धनगढी उप–महानगरपालिकामा ९ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमितमध्ये हालसम्म ९ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। धनगढीकी एक ५५ बर्षीय संक्रमितको मृत्यु भइसकेको छ।
यसैगरी, सुदूरपश्चिमको अछामका १५, कञ्चनपुरमा १३, डोटीमा १०, डडेल्धुरा र बझाङमा ७र७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा संक्रमण देखिएको छ। त्यस्तै, एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। योसँगै प्रदेशभर कुल संक्रमितको संख्या एक सय १० पुगेको छ।