PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

मध्यरातमा एकीकरणको निर्णय, झिसमिसे साँझमा कानुनी प्रक्रिया पूराः जसपा आयोगमा दर्ता हेर्नुस् तस्विरमा

मध्यरातमा एकीकरणको निर्णय, झिसमिसे साँझमा कानुनी प्रक्रिया पूराः जसपा आयोगमा दर्ता हेर्नुस् तस्विरमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


मध्यरातमा सुरु भएको जनता समाजवादी दलको एकीकरण प्रक्रियाले पूर्णता पाएको छ। सरकारले दल विभाजन सहज हुने अध्यादेश ल्याएपछि रातारात दुई मधेश केन्द्रित दल एकीकृत भएका थिए। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी नेपाल गठनको सहमति भएको थियो।

सहमति अनुसार वैशाख ११ गतेबाट निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सुरु भएको थियो। उक्त प्रक्रिया ४५ दिनभित्र पूरा गर्नुपर्ने कानुनी बाध्यता थियो। तर, अन्तिम दिनसम्म पनि पद बाँडफाँडमा विवाद नमिलेपछि कार्यालय समय सकिन लाग्दा जसपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए।

निर्वाचन आयोगमा आवश्यक प्रक्रिया पूरा गरेर साँझ ७ बजेतिरमात्र उनीहरु आयोगबाट फर्किए।

हेर्नुस् तस्विर



ट्रेन्डिङ पोस्ट

Ncell