PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप, ४ राउण्ड हवाइ फायर



पहिलोपोस्ट

भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप, ४ राउण्ड हवाइ फायर

काठमाडौं : पश्चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाइ फायरसमेत गरेको छ।

प्रतापपुर गाउँपालिका ५ स्थित बसहिया सीमामा भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा झडपको अवस्था सृजनामा भएको हो। झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्। उनीहरु रसायनिक मल तथा अन्य सामाग्री ल्याउन भारत गएका थिए। तर, राजस्वको विषयमा प्रहरी र स्थानीयबीच विवाद भएपछि झडपको अवस्था सृजना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell