PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल जान प्राथमिकतामा परेकालाई युएई दूतावासले वास्ता नगरेको आरोप, 'पीडितलाई छाडेर अर्कैलाई पठाए, बुझ्न जाँदा प्रहरी लगाएर खेदे'



नेत्र तामाङ

नेपाल जान प्राथमिकतामा परेकालाई युएई दूतावासले वास्ता नगरेको आरोप, 'पीडितलाई छाडेर अर्कैलाई पठाए, बुझ्न जाँदा प्रहरी लगाएर खेदे'

काठमाडौं: काभ्रे तिमालका ईश्वर थपलिया स्वेदश फर्कने दिन कुरिरहेका छन् तीन महिनादेखि। अबुधावीको साथीको डेरा बस्दै आएका उनी नेपाल उड्ने तयारीमा थिए। स्वदेश फर्कन दूतावासमा नाम समेत दर्ता गरिसकेका थिए।

शुक्रबार उनलाई लागेको थियो - अब उड्न पाइन्छ। तर दूतावासले नाम लिस्टमै नभएका १६८ जनालाई नेपाल उडायो। उड्ने सूचीमा नरहेका उड्दा उनी अचम्ममा परे।

नेपाल जाने प्रक्रिया के भयो? बुझ्न आइतबार अबुधावीस्थित नेपाली दूतावास पुगेका थपलियाको टोलीलाई लखेट्न दूतावासले अबुधावी प्रहरी नै बोलायो।

'आज हामी अबुधावीमा रहेको नेपाली दूतावासमा नेपाल जाने प्रक्रिया कहाँ पुग्यो भनेर बुझ्न गएका थियौँ,' थपलियाले अबुधावीबाट भने, 'अचानक प्रहरी आए। के भइरहेको छ भनी सोधे। प्रहरी आइपुगेपछिमात्र दूतावासको गेट खुल्यो। पहिले हामीलाई कुनै प्रतिक्रिया दिइएको थिएन।'

नेपाल जान प्राथमिकतामा परेकालाई युएई दूतावासले वास्ता नगरेको आरोप, 'पीडितलाई छाडेर अर्कैलाई पठाए, बुझ्न जाँदा प्रहरी लगाएर खेदे'

Posted by PahiloPost on Sunday, June 7, 2020

प्रहरी आएपछि दूतावासले फेरि सान्त्वना दिएको थपलियाले बताए।

थपलियाले भने, 'तर हामीले त फर्म भरेकै तीन हप्ता भइसक्यो। दूतावासले कल गर्छुमात्र भन्ने तर शुक्रबार त सारजाहबाट पीडितको लिस्टमै नपरेका १६८ जनालाई लगे।'

वास्तविक पीडितलाई फर्काउने भनेर बोलाउने तर अरुलाई नै पठाउनेमा नेपाली दूतावासको संलग्नता रहेको उनको दाबी छ।

'यसमा नेपाली दूतावासको हात छ। हामी पीडितहरु कोही पनि जान पाएनौँ। न त दूतावासले कल उठाउँछ न त म्यासेज रिस्पोन्स गर्छ,' उनको दुखेसो छ।

कम्पनी राम्रो नभएपछि तीन महिनादेखि कामविहीन रहेको र खान बस्न अप्ठेरोमा परिसकेको थपलियाले बताए।

आफू नेपाल जान आतुर रहेको उनले सुनाए। भने, 'पाँचपटक दूतावास पुगिसकेँ। एक त कोरोनाको डर छ। अर्को दूतावासको ताल यस्तो छ। दूतावासले बस्नको लागि पनि व्यवस्था गरिदिएको छैन।'

युएईमा रहेका कलिम मियाँले पनि नाम लिस्टमै नभएकोलाई नेपाल उडाएको दाबी गरे। महामारीको बेला एकै कोठामा १२ जना बसेको अवस्थामा निकै गाह्रो भएको उनले सुनाए।

'त्यो लिस्ट अनुसार मान्छे पठाएन। दूतावासले रातारात नाम लिस्ट परिवर्तन गर्‍यो। असली पीडितलाई किन पठाइएन? प्राथमकितामा पठाइने भनेर किन पठाइएन?' मियाँले प्रश्न गरे।

अबुधावीमै रहेका नेत्र मगरले दूतावास पुग्दा प्रहरी बोलाएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'युएई दूतावासमा पुगेका थियौँ। तर दूतावासले पुलिस बोलायो आज यस्तो छ हालत।'

यस्तै युएईमा रहेका विष्णुभक्त खनालले नेपाल फर्कने चाहनेहरुबाट दूतावासले चर्को टिकट शुल्क मागेको गुनासो गरे। 'दुई तीन महिनादेखि युएईमा खबुज मागेर खानेहरुसँग १९४० दिराम मागेको सुनेको छु,' खनालले भने, 'कसरी दिन सकिन्छ यति धेरै रकम?' यो रकम ६३ हजार नेपाली रुपैयाँ हुन आउँछ।

गत शुक्रबार साँझ यूएईबाट १६८ जना नेपाली काठमाडौं आइपुगेका थिए। साँझ ५:४० बजे एयर अरेबियाको विमानमार्फत त्यावश्यक तथा रोजगारी गुमेका, भिसाको अवधि सकिएका र कैद माफी पाएका व्यक्तिहरु थिए। जसमा १७ जना कैद माफी पाएका थिए।

उक्त उडानमा रहेका नेपाली सरकारले उद्धार नगरेको भई निजी कम्पनीकै प्रयासमा नेपाल ल्याएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell