PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

नेपालसँग जोडिएका बिहार र युपीमा मात्रै ३२ सय १४ रेलबाट पठाइयो मानिस, संक्रमण त्यसैले फैलायो



पहिलोपोस्ट

नेपालसँग जोडिएका बिहार र युपीमा मात्रै ३२ सय १४ रेलबाट पठाइयो मानिस, संक्रमण त्यसैले फैलायो

नेपालसँग सबैभन्दा धेरै सीमा जोडिएका भारतीय दुई राज्य बिहार र उत्तर प्रदेशमा सबैभन्दा धेरै रेलबाट श्रमिक पठाइएको भारतको केन्द्र सरकारले जनाएको छ।

भारतका विभिन्न शहरहरुबाट उत्तर प्रदेशका लागि मात्रै १६ सय ९५ वटा श्रमिक स्पेसल रेल परिचालन गरिएको सरकारले भारतको सर्वोच्च अदालतलाई जानकारी गराएको छ। श्रमिकहरुलाई सहज रुपमा यात्रा नगराएको भन्दै परेको मुद्दामा सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो।

सरकारले सर्वोच्चलाई दिएको जानकारी अनुसार सबैभन्दा धेरै रेल उत्तर प्रदेश र बिहारका लागि छुटेका थिए। बिहारका लागि १५ सय १९ वटा रेल पठाइएको जानकारी दिइएको छ। भारतका उत्तर प्रदेश र बिहारले त्यहाँका ८० प्रतिशत आप्रसवासी मजदूरका रुपमा काम गर्छन्।

केन्द्र सरकारले ४ हजार २ सय २८ श्रमिक स्पेसल रेल परिचालन गरी आप्रवासी मजदूरहरुलाई घर पठाएको हो। जुन ३ सम्म ती रेलबाट ५७ लाख २२ हजार मानिसहरु घर पठाइएका छन्। उत्तर प्रदेश र बिहारमा मानिसहरु पठाउने क्रमसँगै नेपालमा पनि कोरोनाको संक्रमण ह्वात्तै बढेको छ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता वेनर्जीले केन्द्र सरकारले पठाएको यस्तो रेललाई कोरोना एक्सप्रेस भन्दै असन्तुष्टि जनाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell