PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

कोरोनाले लियो अर्को एक जनाको ज्यान, संक्रमितबाट मर्नेको संख्या पुग्यो १४



पहिलोपोस्ट

कोरोनाले लियो अर्को एक जनाको ज्यान, संक्रमितबाट मर्नेको संख्या पुग्यो १४

काठमाडौं : कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ।

स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले उनको मृत्यु भएको जानकारी दिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। जिउँदैमा कोरोना भएको पुष्टि भएर मृत्यु भएको यो तेस्रो केस हो। बाँकी मृतकको केशमा मृत्युपछि मात्र कोरोना पोजेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell