PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

संक्रमितको संख्या २ लाख ५० हजार भएसँगै भारतमा आजबाट मल र सार्वजनिक स्थान खुल्दै



पहिलोपोस्ट

संक्रमितको संख्या २ लाख ५० हजार भएसँगै भारतमा आजबाट मल र सार्वजनिक स्थान खुल्दै

नयाँ दिल्ली : लकडाउन खुकुलो गराउँदै मल, पसल र सार्वजनिक स्थान खुला हुने अघिल्लो दिन भारतमा कोरोना संक्रमितको संख्याले २ लाख ५० हजारको सीमा पार गरेको छ। आइतवार एकै दिन १० हजार ७ सय नयाँ संक्रमित थपिएपछि भारतमा कोभिड १९ संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय ३४ पुगेको हो।

कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या पनि ७ हजार पार भएको छ। दुई लाख संक्रमितबाट ५० हजार थपिन भारतलाई जम्मा ५ दिनमात्र लागेको हो। आइतवार लगातार दोस्रो दिन १० हजारभन्दा बढी संक्रमित भेटिएका हुन्। भारतमा संक्रमितको संख्या १ बाट १० हजार पुग्न ७४ दिन लागेको थियो। त्यसपछि लिएको रफ्तारमा ब्रेक लाग्न सकेको छैन।

आइतवार २ सय ६२ जना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार २ सय १ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell