PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोनाको कहरमा मर्ने एक चौथाई अमेरिकी, विश्वभर चार लाख मानिसले गुमाए ज्यान



पहिलोपोस्ट

कोरोनाको कहरमा मर्ने एक चौथाई अमेरिकी, विश्वभर चार लाख मानिसले गुमाए ज्यान

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख पार भएको छ। कोरोना संक्रमणको विश्व्यापी तथ्याङ्क जारी गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहान ८:१८ बजेसम्म विश्वभर ४ लाख २ हजार ७ सय ९ जना कोरोना संक्रमित मानिसको मृत्यु भइसकेको छ।

कोरोनाबाट मर्नेमध्ये एक चौथाई सिंगो अमेरिकामा मात्र रहेका छन्। अमेरिकामा अहिलेसम्म १ लाख १० हजार ५ सय १३ जना मानिसको मृत्यु भइसकेको छ। अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन्। त्यहाँ १९ लाख ४१ हजार ९ सय ७८ जना संक्रमित रहेका छन्।

संक्रमितको संख्याका आधारमा बेलायत चौथो स्थानमा छ। तर, धेरै मानिस मृत्यु हुने मुलुकको सूचीमा भने बेलायत दोस्रो स्थानमा छ। बेलायतमा कोभिड १९ का कारण ४० हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख ८७ हजार ६ सय २१ रहेको छ।

कोरोना भाइरसका कारण संसारका खराब मुलुकको सूचीमा दोस्रो स्थानमा छ ब्राजिल। करिब ७ लाख मानिस संक्रमित भइसकेका छन् त्यस मुलुकमा। ब्राजिलमा मृत्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ। त्यहाँ अहिलेसम्म ३६ हजार ४ सय ५५ जनाको निधन भइसकेको छ।

मृत्युदर उच्च रहेका मुलुकहरुमा युरोपका धेरै छन्। इटालीमा ३३ हजार ८ सय ९९ जनाले ज्यान गुमाइसकेका छन् भने फ्रान्समा २९ हजार १ सय ५८ जनाले। स्पेनमा २७ हजार १ सय ३६ जनाको मृत्यु भइसकेको छ। स्पेन संक्रमित धेरै हुने मुलुकको सूचीमा छैटौं स्थानमा छ। त्यहाँ २ लाख ४१ हजार ५ सय ५० जना संक्रमित रहेका छन्। यो सूचीको पाचौं स्थानमा छ भारत। भारतमा संक्रमितको संख्या २ लाख ५७ हजार ४ सय ८६ रहेको छ। त्यहाँ अहिलेसम्म ७ हजार २ सय ७ जना मानिसले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell