PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

पर्सामा फेरि थपिए ८ जना नयाँ संक्रमित



राधेश्याम पटेल

पर्सामा फेरि थपिए ८ जना नयाँ संक्रमित

वीरगंज : पर्सामा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरुको गत जेठ २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसमध्ये ८ जनाको रिपोट पोजेटिभ आएको उनले बताए।

उनीहरु केही समय अघि भारतबाट फर्किएका थिए। भारतबाट आएका ३३ जना र उनीहरुको सम्पर्कमा आएका थप १ गरी जम्मा ३४ जना क्वारेन्टाइनमा रहेका थिए। संक्रमण पुष्टि भएका सबैलाई वीरगंजको गण्डक अस्पताल ल्याउने तयारी भइरहेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए। संक्रमित ८ जना मध्ये २५ वर्षे एक जना महिला र २० देखि ५५ वर्ष समूहका ७ जना पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell