PahiloPost

Nov 19, 2025 | ४ मंसिर २०८२

सडकमा सवारीको चाप, असनका गल्ली मानिसले खचाखच

सडकमा सवारीको चाप, असनका गल्ली मानिसले खचाखच

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौः आज लकडाउनको ७७ ‍औं दिन। अझै पनि लकडाउन जारी छ। तर पहिले झैँ अहिले काठमाडौँ उपत्यकाभित्र सडक तथा बजार भने सुनसान देखिँदैनन्। केहिदिन यता त झन् मानिसको चहलपहल बाक्लिँदै गएको छ। सरकारी तथा निजी कार्यालयहरू खुल्ने समयमा त सडकमा सवारीको जाम नै देखिन थालेको छ।

यतिखेर कस्मेटिक देखि खाद्यसम्मका पसल खुलेका छन्। काठमाडौँको व्यस्त रहने बजार असनमा पनि मानिसको चहलपहल सुरु भइसकेको छ। असनका  मानिस खचाखच देखिन्छन्। यस्तो लाग्छ कुनै लकडाउन नै छैन। प्रहरीले पनि घरबाट निस्किए र सडकमा हिंडेका मानिसलाई रोकतोक गरेको छैन। सवारी साधन लिएर पास नभएका केही सवारी साधन भने कारवाहीमा पर्ने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell