PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

क्यानबेरा जाँदै नेपाल एयरलाइन्स



रासस

क्यानबेरा जाँदै नेपाल एयरलाइन्स

काठमाडौं : नेपाल वायु सेवा निगम आज तेस्रो पटक अस्ट्रेलिया चार्टर्ड उडान गर्दैछ। निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४:५५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ। नेपालमा लकडाउनका कारण रोकिएका अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर गरी लैजान लागेको हो।

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो। त्यस्तै, लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो। यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो। मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो। निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ। नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell