PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कर्णाली प्रदेशले कोरोना संक्रमितलाई बाड्यो जडिबुटी



पहिलोपोस्ट

कर्णाली प्रदेशले कोरोना संक्रमितलाई बाड्यो जडिबुटी

काठमाडौं : कर्णाली प्रदेश सरकारले सुर्खेत प्रादेशिक अस्पतालमा उपचाररत ७१ जना कोरोना भाइरस संक्रमितका लागि आयुर्वेद औषधि वितरण गरेको छ। संक्रमण रोक्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी निर्मित औषधि वितरण गरेको प्रदेश सरकारले जनाएको छ।

विरामीका साथै चिकित्सक,सुरक्षाकर्मी, अस्पतालका कर्मचारी लगाएतलाई पनि वितरण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।'साझेदारि सस्था का प्रतिनिधि र प्रदेश आयुर्वेद का कर्मचारी बाट नि:शुल्क १५ दिन पुग्ने औषधि वितरण गरियो,' औषधालयको फेसबुक पेजमा लेखिएको छ।

अब को आशा आयुर्वेद चिकित्सा । प्रदेश आयुर्वेद सुर्खेतले प्रदेश...

Posted by प्रदेश आयुर्वेद औषधालय on Sunday, June 7, 2020

प्रदेश आयुर्वेद औषधालयले औषधि बाँडेको हो।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेदिक औषधिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गर्न सकिने बताएको थियो।

कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विभिन्न ठाउँका प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत आयुर्वेदिक औषधिको प्रयोग बढाउने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell