PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंज व्यवस्थित रुपमा खोल्न प्रशासन राजी, मापदण्ड पुरा गराउन स्वयमसेवक खटाइने



राधेश्याम पटेल

वीरगंज व्यवस्थित रुपमा खोल्न प्रशासन राजी, मापदण्ड पुरा गराउन स्वयमसेवक खटाइने

वीरगंज: वीरगंज बजार पुनः खोल्ने तयारी थालिएको छ। स्थानीय प्रहरी प्रशासनको सहकार्यमा वीरगंज उद्योग वाणिज्य संघको अगुवाईमा वीरगंज बजार पुनः सञ्चालनमा ल्याउने सहमति भएको हो।

वीरगंज उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तिमा व्यवस्थित रुपमा बजार खोल्न जिल्ला प्रहरी कार्यालय सहमत भएको उल्लेख गरिएको छ।

लकडाउनको ७६ दिन बितिसक्दा पसल व्यवसाय चौटप भइसकेको अवस्थामा पुनः तोकिएको सतर्कता अपनाई बजार खोल्न गृहकार्य भइरहेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए।

‘वीरगंजका करिब आधादर्जन सामाजिक संस्थाका स्वयमसेवकहरुलाई सक्रिय पारी बजारमा भीडभाड घटाउन र समाजिक दुरी कायम गरी कसरी बजार खुलाउन सकिन्छ भन्ने विषयमा विहान पनि छलफल भएको छ,’ उनले भने, ‘अपरान्ह ४ बजे पनि अर्को बैठक छ,त्यसमा पनि बजार खोल्दा आउने समस्यालाई न्यूनिकरण गर्ने उपाय बारे योजना बन्ने छ।’

वीरगंजको सामाजिक संस्थाको रुपमा सेवारत व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्कीले बजार तथा व्यवसायीको पीरमर्का बुझेर सामाजिक संस्थाका स्वयमसेवकहरु लागि परेको बताएका छन्।

सम्भवत जेठ २७ गतेदेखि वीरगंज बजार पुनः व्यवस्थित रुपमा खोल्न सकिने उनले बताए।

‘मुख्यगरी पावरहाउसदेखि घण्टारघर, माईस्थान, आदर्शचोक, मकालु चोक, विर्ता चोकलगायतको क्षेत्रमा ग्राहकलाई कसरी बजारमा आउने,समाजिक दुरी कसरी बनाउने, पसलमा जाँदा केके कुरा सावधानी अपनाउने विषयमा हामी सचेत पार्ने छौं,' उनले भने, ' हरेक चोकमा सुरक्षाकर्मीसँग स्वयमसेवकहरु खटाएर बजारको संक्रमण फैलिने जोखिमलाई कम गरी बजार खुलाउन सहयोग गर्छौ।’

यसअघि गत जेठ २१ गते कोरोना संकट व्यवस्थापन केन्द्र पर्साले जोरविजोर प्रणालीमा विभिन्न प्रकारको पसल खोल्न निर्णय गरे पनि दुई दिनपछि ती निर्णयहरु फिर्ता भएको थियो। जसका कारण रेडिमेड कपडा, जुता चप्पल, इलोक्ट्रोनिक्स, भाडावर्तन, सुनचाँदी, स्पेयर पार्टस, साइकल, मोटरसाइकल,अटो वर्कसपलगायत पसलहरु जेठ २४ गतेदेखि आंशिक रुपमा बन्द भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell