PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



पहिलोपोस्ट

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
PHOTO : AP

काठमाडौं : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६५७ पुगेको छ।

आज थपिएका संक्रमितमध्ये दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको हो। दैलेखको डुंगेश्वर २ का दुई जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गुँरास ४ मा दुई जनामा संक्रमण पुष्टि हुँदा नौमुले १, ७ र ८ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ। आठबीस नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै नारायण ३ र ६ का एक/एक जनामा संक्रमण पुष्टि भएकव कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै सल्यानका ५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये बनगाड कुपिन्डेका ३ जना र कुमाखका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै सुर्खेत बराहताल गाउँपालिका १० का एक जनामा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell