PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सापकोटा र ज्ञवाली सचिवमा बढुवा



पहिलोपोस्ट

सापकोटा र ज्ञवाली सचिवमा बढुवा

काठमाडौँः न्याय सेवा आयोगले दुई सहसचिवलाई बढुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको बैठकले सहसचिव उदयराज सापकोटालाई सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ। सापकोटा हाल अर्थ मन्त्रालयमा कार्यरत छन्। 

यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तै, कानुन मन्त्रालयमा कार्यरत धनराज ज्ञवालीलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।

यस्तै आयोगले ८५ नायब सुब्बालाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्नका आधारमा शाखा अधिकृतमा बढुवा गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell