PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सिरहामा भरुवा बन्दुकसहित २ जना पक्राउ



पहिलोपोस्ट

सिरहामा भरुवा बन्दुकसहित २ जना पक्राउ

जनकपुरधाम : सिरहामा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाको गोलबजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सिरहाको गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट आइतवार दुवै जना पक्राउ परेको प्रदेश प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद बरामद गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको सापकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell