PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मेलम्चीमाथि उठ्ने गरेका प्रश्नको बिट मार्ने बेला आयो, छिट्टै उद्घाटनको समयावधि तोक्छौं : मन्त्री मगर



पहिलोपोस्ट

मेलम्चीमाथि उठ्ने गरेका प्रश्नको बिट मार्ने बेला आयो, छिट्टै उद्घाटनको समयावधि तोक्छौं : मन्त्री मगर

काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाप्रति उठ्ने गरेका प्रश्नको बिट मार्ने बेला आएको बताएकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले चालू आर्थिक वर्षमा भौतिक काम सक्ने र आगामी वर्षमा व्यवस्थित ढंगले वितरण गरिने जानकारी दिइन्।

उनले भनिन्, 'मेलम्ची खानेपानीका विषयमा उठाइएका प्रश्नको बिट मार्ने बेला आएको छ। हामी छिट्टै नै खानेपानी मन्त्रालय, नेपाल सरकारले मेलम्ची खानेपानीका प्रश्नको बिट मार्दैछौं।'

मन्त्री मगरले मेलम्चीको समयावधि तोकिदै आएको बताउँदै यसले उब्जाएको आशा र निराशाको अन्त्यको बेला आएको बताइन्। मन्त्री मगरले छिट्टै नै मेलम्ची आयोजनाको उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भन्छिन्, 'हामी छिट्टै नै आयोजनाको उद्घाटनको समयावधि सार्वजनिक गर्ने तयारीमा छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell