PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भरतपुर अस्पतालको प्रयोगशालामा २ चिकित्सकसहित २३ जनामा संक्रमण पुष्टि, संक्रमितमध्ये तीन अस्पतालमा उपचाररत चार जना



पहिलोपोस्ट

भरतपुर अस्पतालको प्रयोगशालामा २ चिकित्सकसहित २३ जनामा संक्रमण पुष्टि, संक्रमितमध्ये तीन अस्पतालमा उपचाररत चार जना

काठमाडौं : भरतपुर अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २ जना भरतपुरको एक निजी अस्पतालमा कार्यरत चिकित्सकसमेत रहेका छन्। 

त्यस्तै संक्रमित मध्ये नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक महिलासहित पाँच जना रहेका छन्।  त्यस्तै भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा उपचाररत ६६ वर्षकी महिला र २५ वर्षका पुरुष छन्। 

त्यस्तै नारायणी सामुदायीक अस्पतालमा उपचाररत ३८ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।  त्यस्तै भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका ७२ वर्षकी महिला पनि छन्। 

त्यस्तै भरतपुर वडा ६ र २१ को क्वारेन्टाइनमा रहेका २० र २७ वर्षका महिला र २९ र ४५ वर्षका पुरुष गरी ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षकी किशोरीसहित २०, २४, २८,४१ र ४६ वर्षका पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै संक्रमित एक जना धादिङका ३२ वर्षकी महिला रहेको भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिए।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell