PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

जागिरबाट निकालेको भन्दै आत्महत्याको प्रयास गरेका अस्पतालका कर्मचारीको मृत्यु



एम बम

जागिरबाट निकालेको भन्दै आत्महत्याको प्रयास गरेका अस्पतालका कर्मचारीको मृत्यु

कैलाली : अछाममा जागिरबाट निकालेको भन्दै पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका एक जनाको मृत्यु भएको छ। बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा सख्त घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो।

बयलपाटा अस्पतालमा कार्यरत आउजीको उपचारका क्रममा केही बेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए। उनलाई हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेज लगिएको थियो।

न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालमा कार्यरत साफे नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सिद्धार्थ आहुजीले सोमवार बिहान अस्पताल परिसरमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन्। आगोबाट शरीरको तल्लो भाग केही जलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell