PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

मेची-महाकाली रेलमार्गका लागि सरकारले पूर्वबाट शुरु गर्‍यो जग्गा अधिग्रहणको प्रक्रिया



रासस

मेची-महाकाली रेलमार्गका लागि सरकारले पूर्वबाट शुरु गर्‍यो जग्गा अधिग्रहणको प्रक्रिया
प्रतीकात्मक तस्बिर।

भद्रपुर : सरकारले मेची-महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ। पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा-इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो।

सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ। झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ। झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएको जानकारी दिएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले जग्गाधनी प्रमाणपूर्जा, मालपोत तिरेको रसिद र नागरिकताको प्रमाणपत्रसहित हकदाबीका लागि निवेदन दिन सूचनामार्फत सर्वसाधारणलाई जानकारी दिइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell