PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रुकुम घटना छानबिनका लागि गठित विशेष समिति संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?



पहिलोपोस्ट

रुकुम घटना छानबिनका लागि गठित विशेष समिति संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?

काठमाडौँः प्रतिनिधिसभाले रुकुम चौरजहारी घटना छानबिनका लागि गठित विशेष समितिलाई पूर्णता दिएको छ। यसअघि समिति गठनको मात्र घोषणा भएको थियो। संयोजकसमेत समितिमा ९ सदस्य रहेका छन्। 

सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा सदस्यहरु मनोनयन गरेका हुन्। विशेष समितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेल रहेका छन्। 

यस्तै, समिति सदस्यहरुमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती विशुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतरात ‘अथक’, मीन विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्।   

समितिलाई कार्य प्रारम्भ गरेको मितिले ३० दिनको समय दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell