PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा पुगे एक सय ४७ संक्रमित



एम बम

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा पुगे एक सय ४७ संक्रमित

कैलाली : सुदूरपश्चिममा सोमवार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराकाका ७ र  कैलाली एक जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष तथा शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक/एक पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

यता कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ४७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

कोरोना पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell