
काठमाडौं : सरकारले लगातार जारी राखेको लकडाउनले नेपालमा धेरैलाई टिकटकमा भुलायो। सोसल मिडियामा नै नचलाउनेहरु पनि यससँग जोडिए। घरभित्र नै थुनिएका आम मानिसले भान्छामा पकाएका परिकारदेखि लकडाउनका विभिन्न विषयमा बनाएका ट्रोलसम्म टिकटकमा अपलोड गरिरहे। तीमध्ये कति भाइरल पनि भए।
अहिले टिकटकको प्रयोग युवापुस्तामा व्यापक छ। मानिसहरु टिकटक भिडियो बनाएर रमाइलो गरिरहेका छन्। टिकटक अभिनयका कारण कति त कलाकार भएर चलचित्रमा समेत अभियनय गर्न मौका पाएका छन्।
यस्तैमा केही घण्टायता पूर्वयुवराज्ञी हिमानी शाह समेत चर्चामा आएकी छिन्। छोरी पूर्णिका शाहले आफ्नी आमा हिमानीसँग बनाएको भिडियो टिकटकमा हालेपछि हिमानीको चर्चा सुरु भएको छ। पूर्णिका शाहको टिकटक एकाउन्टमा एकदिनअघि मात्र अपलोड भएको छ हिमानी शाहको भिडियो। गायक सविन राईले गाएको 'गुरासको फेदमुनि सम्झना छायाँ...' बोलेको गीतमा उनी छोरीहरुसँग नाचिरहेकी देखिन्छिन्।
त्यस्तै, हिमानीका पति पूर्व युवराज पारस शाह पनि टिकटकमा भाइरल छन्। उनको भिडियो अरुले प्रयोग गरेर टिकटक बनाइरहेको भेटिन्छ।
@purnikarlds We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. 🌺❤️
♬ original sound - purnika_shah