PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छि बजारमा  एक युवकले पाँच जनाको हत्या गरेका छन्।

एउटै गाई/भैंसी फर्ममा काम गर्दै आएका आफ्ना साथीहरुको युवकले हत्या गरेका हुन्। प्रहरीले हत्या गर्ने ३१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए।

'हत्या गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं। थप अनुसन्धान भइरहेको छ,' थापाले पहिलोपोस्टसँग भने।

युवकले कोदालोले प्रहार गरेर हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रारम्भीक अनुसन्धान अनुसार युवकले नशालु पदार्थ खाएर हत्या गरेको देखिएको एसपी थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell