PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

चीनको वुहानलाई उछिन्दै मुम्बई



पहिलोपोस्ट

चीनको वुहानलाई उछिन्दै मुम्बई

नयाँ दिल्ली : भारतको मुम्बई कोरोना संक्रमित शहरको सूचीमा थप माथि पुगेको छ। यो शहरमा ५० हजारभन्दा धेरै संक्रमित पुगेका छन्। कोरोनाको सुरुवात भएको चिनियाँ शहर वुहानलाई मुम्बईले जित्दैछ।

चीनको वुहानमा अहिलेसम्म ५० हजार ३ सय ४० संक्रमित थिए। मुम्बईमा सोमवारसम्म संक्रमितको संख्या ५० हजार ८५ पुगिसकेको छ। मुम्बईमा सोमवारमात्रै १३ सय ११ जना संक्रमित भेटिएका थिए। भारतमा हिजो ९ हजार ३ सय ९५ नयाँ संक्रमित थपिएका छन्। त्यसअघि लगातार तीन दिन १० हजारभन्दा माथि संक्रमित पहिचान भएको थियो भारतमा।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ९ सय ६० पुगेको छ। सोमवार भारतमा २ सय ७१ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ६७ पुगेको छ। मुम्बईमा मात्र ६४ जनाको मृत्यु भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell