PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति



पहिलोपोस्ट

५ जनाको हत्या अभियोगमा सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्याको अनुसन्धान गर्न छानविन समिति गठन गएको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा छानविन समिति गठन गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले जानकारी दिए।

'अहिले नै यही भन्ने अवस्था छैन। छानविन समिति गठन भएको छ। अनुसन्धान हुन्छ,' डिआइजी धानुकले भने।

प्रहरीले हत्याको अभियोगमा ३१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ। सुर्खेतका झसेन्द्र सिंजालीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। मैनहवा गाउँमा रहेको गंगादेवी पशुपालन गाई/भैंसी फार्ममा घटना भएको थियो। फार्म पाँच जना काम गर्दै आएका थिए। नियन्त्रणमा लिएका युवकले केही महिनादेखि फार्ममा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

पाँचै जनाको कोदालो प्रहार गरेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell