PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोना संक्रमणबाट १५ औं मृत्यु चितवनमा : संक्रमण पुष्टि नहुँदासम्म निजी अस्पताल, पुष्टि भएपछि जबरजस्ती सरकारीमा रिफर



विधुर ढकाल

कोरोना संक्रमणबाट १५ औं मृत्यु चितवनमा : संक्रमण पुष्टि नहुँदासम्म निजी अस्पताल, पुष्टि भएपछि जबरजस्ती सरकारीमा रिफर

काठमाडौं : भरतपुरमा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सोमवारमात्र कोरोना संक्रमण पुष्टि भएका भरतपुरका ६८ वर्षका पुरुषको आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले पुष्टि गरेका छन्। अस्पतालले उनलाई बिहान ७ बजेर ७ मिनेटमा मृत्यु भएको घोषणा गरेको हो।

निजी अस्पतालमा उपचार संक्रमणपछि जबर्जस्ती सरकारीमा सार्दा मृत्यु

संक्रमण पुष्टि भएका मृतकको उपचार भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालको आइसीयुमा भेन्टिलेटरसहित उपचार भइरहेका उनलाई अस्पतालले सरकारी अस्पतालमा पठायो।

'हामीले विरामीको अवस्था क्रिटिकल छ। नसारौं भनेका थियौं,' भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले भने, 'उहाँहरुले मान्नु भएन। 'कोरोना संक्रमितको उपचार सरकारीमा गर्ने हो' भन्न थाल्नु भयो। हामीले संक्रमित हुँदैमा उपचार फरक पर्ने होइन त्यही राखौँ भनेका थियौं।'

तर, नारायणी सामुदायिक अस्पताल जिम्मेवारीबाट पन्छिन खोज्यो। संक्रमित विरामीलाई विना सावधानी हिजो नै भरतपुर अस्पताल पठायो।

'क्रिटिकल अवस्थाको विरामीलाई सार्दा जोखिम बढ्छ। त्यसतर्फ ध्यान दिइएन्,' डाक्टर तिवारीले भने, 'निजीमा पनि उपचार त भइरहेको छ। काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। रुपन्देहीमा पनि एक जनाको उपचार भएको थियो। हामीले पनि त्यही भनेका थियौं।'

संक्रमितको उपचार सरकारीमा गर्नुपर्ने भन्ने निर्देशिकाका कारण अलमल भएको उनले बताए। संक्रमितको उपचार जहाँ सम्भव छ त्यही गर्ने भन्ने हुनुपर्ने उनले बताए।

उपचारमा संलग्न चिकित्सक पनि संक्रमित, अस्पतालमा क्याविन तयार

नारायणी सामुदायिक अस्पतालका एक जना चिकित्सकमा पनि सोमवार नै संक्रमण पुष्टि भएको छ। उनी अहिले आफ्नै घरमा नै आइसोलेसनमा छन्। संक्रमण पुष्टि भएका चिकित्सक उपचारमा संलग्न थिए जसको मृत्यु भइसकेको छ।

'हामीले उहाँसँग सम्पर्क गरेका छौं। उहाँ अहिले घरमै हुनुहुन्छ,' डाक्टर तिवारीले भने, 'उहाँ पनि फिजिसियन नै हो। उहाँकै सल्लाह अनुसार अगाडि बढ्छौं।'

अस्पतालमा संक्रमित चिकित्सकको लागि छुट्टै क्याविन छुट्याएर राखिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell