PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सरकार निदायो भन्दै बालुवाटारमा धर्ना दिन पुगेकालाई पानीको फोहरा र प्रहरीको लाठी

सरकार निदायो भन्दै बालुवाटारमा धर्ना दिन पुगेकालाई पानीको फोहरा र प्रहरीको लाठी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारको कामको आलोचना गर्दै विरोधमा उत्रिएका युवाहरुको समूहलाई प्रहरीले लाठीचार्ज र पानीको फोहराले हान्दै तितरवितर पारेको छ।

कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए। उनीहरुले सरकार ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए। सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर प्रहरीले हटाएको हो।

करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए। त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहाराले हानिएको थियो भने लाठी चार्ज गरिएको थियो।

धर्नाका लागि पुगेकाहरले सरकार खोई?, पीसीआर परीक्षण गर, १० अर्बको हिसाब चाहियो लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell