PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गगनको चेतावनी: ५ वटा मेसिन र २५ हजार किटमै १० अर्ब सक्ने, गल्ती छोप्न कर्मचारी सरुवा गर्ने? अब एक एक हिसाब चाहिन्छ



पहिलोपोस्ट

गगनको चेतावनी: ५ वटा मेसिन र २५ हजार किटमै १० अर्ब सक्ने, गल्ती छोप्न कर्मचारी सरुवा गर्ने? अब एक एक हिसाब चाहिन्छ

काठमाडौं: नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना रोकथाम नभएको आरोप लगाएका छन्। सरकारले कसैको सुझाव नसुन्दा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको थापाको तर्क छ।

उनले सरकारले कोरोना विरुद्धको लडाइलाई पार लगाउन नसक्ने बताए। 'यो सरकारले कोरोना विरुद्धको लडाइ पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौ भनेर मात्रै बस्दैनौं। प्रश्न सोध्छौं र उत्तर चाहन्छौ,' उनले भने।

सरकारले अदालत, प्रेस तथा विज्ञ कसैका कुरा नसुनेर अहंकार देखाएको थापाको आरोप छ।

उनले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको १० अर्ब कहाँ खर्च गरेको हिसाब चाहिने बताए। 'हामी अब प्रश्न गर्छौ, उत्तर चाहन्छौ र जवाफदेही बनाउँछौं। १० अर्ब रुपैयाँ कहाँ खर्च भयो? ५ वटा पिसीआर मेसिन किन्ने, २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउनु पर्दैन?’ थापाको प्रश्न छ।

उनले क्वारेन्टाइनमा मानिसहरु मरिरहेको भन्दै क्वारेन्टाइनलाई मानिस मार्ने कन्सेन्ट्रेसन क्याम्पको संज्ञा दिए।

उनले ब्यंग्य गर्दै अहिलेको अबस्थाबाट अघि बढ्ने भए टेष्ट नगरेरै कोरोना फ्रि भन्न सरकारलाई सुझाए।

आरडीटी परीक्षणको काम नभएको भन्ने सल्लाह नमानेर सरकारले आरडीटी जवरजस्ती गरिरहेको थापाको आरोप छ। आफ्ना गल्ती लुकाउन कर्मचारीको अनियमित सरुवा गरिएकोमा उनले आपत्ति जनाए।

उनले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई कांग्रेसले नचिन्ने बताए। उच्चस्तरीयका तर्फबाट संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने थापाको माग छ।

उनको जवाफले चित्त नबुझे प्रधानमन्त्री केपी ओलीले नै संसदमा जवाफ दिनुपर्ने थापाले माग गरे।

कांग्रेस अब सरकारलाई सहयोग गरेर मात्रै नबस्ने भन्दै सरकारलाई जसरी पनि जवाफदेही बनाउने चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell