PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित



पहिलोपोस्ट

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। मंगलवार अपरान्ह ४ बजेका लागि डाकिएको बैठक स्थगित भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएकोबारे आफूलाई जानकारी आएको बताए। बैठक के कारणले रोकियो भयो भन्नेबारे आफू जानकार नरहेको उनको भनाइ छ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि बैठक डाकिएको थियो। आइतवार अध्यक्ष प्रधामन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि बैठक तय भएको थियो। नेकपामा करिव एक वर्षदेखि एमसीसी विवादित छ। संसदमा अनुमोदनका लागि पेश भएको एमसीसीबारे नेकपा नेताहरुमा मतभिन्नता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell