PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रेम सुवालले मागे अर्थमन्त्रीको राजीनामा, खतिवडाले सोधे : के अभिप्रायले भन्नुभएको?



पहिलोपोस्ट

प्रेम सुवालले मागे अर्थमन्त्रीको राजीनामा, खतिवडाले सोधे : के अभिप्रायले भन्नुभएको?

काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विद्युतीय सवारीमा अर्बौं घोटाला भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरेका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद सुवालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले भने, 'रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए। विदेशी बैंकमा डलर जम्मा गरेका कारण नेपालका अर्थमन्त्री रामशरण महतले राजीनामा दिएका थिए। यो विद्युतीय सवारीमा अर्बौं घोटाला भएको छ। अर्थमन्त्रीले राजीनामा दिनुपर्छ। किन राजीनामा नदिनु भएको?'

सांसद सुवालले एमसीसीकै आशिर्वादमा लिम्पियाधुरामा सडक बनाएको बताए। उनले सरकार टिकाउन एमसीसी पास गर्नुपर्ने हो भन्दै प्रश्न पनि गरे।

जवाफमा अर्थमन्त्री खतिवडाले सांसद सुवालको प्रश्नलाई रमाइलो प्रश्नको संज्ञा दिए।

'विनियोजन विधेयक र अर्थ विधेयकमा संसदमा विधेयक प्रस्तुत गर्दै मन्त्रीहरुले राजीनामा दिने भए कुनै मन्त्रीले बजेट पास गर्नै पाउँदैनन्। मान्य सदस्यज्यूले के अभिप्रायले भन्नुभएको हो?’ मन्त्री खतिवडाले सोधे, 'सरकारको प्रस्ताव हुन यी सबै। अहिले नै यी बिषयलाई अहिले नै प्रवेश गर्ने हो भने संसदमा विचाराधिन भएको विषयमा निर्णय गर्दैछौं। संसदको विचाराधिन विषय हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell