PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूर पश्चिममा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना : दुई जना सीमामा र एक क्वारेन्टाइनमा थिए खटिएका



एम बम

सुदूर पश्चिममा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना : दुई जना सीमामा र एक क्वारेन्टाइनमा थिए खटिएका

कैलालीः सुदूर पश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पतालले सोमवार जारी गरेको सूचनामा तीन जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको हो। ३७ जनामध्ये तीनजना प्रहरी कञ्चनपुरमा कार्यरत प्रहरी रहेको खुलेको छ।

दुईजना महिला र एक जना पुरुष गरी तीन जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए।

कंचनपुरको भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि खटिएको दुई जना र क्वारेन्टाइन सुरक्षार्थ खटिएको एक जनालाई कोरोना पोजिटिभ भएको डिआइजी सुवेदीले बताए। उनले कोरोना पोजिटिभहरुको महाकाली अस्पतालको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell