PahiloPost

Jul 16, 2026 | ३२ असार २०८३

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण, अधिकांश सल्यानका



पी बी खड्का

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण, अधिकांश सल्यानका
PHOTO : AP

सुर्खेत: कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका १२ जना, कपुरकोट गाउँपालिकामा एक जना गरी सल्यानमा १३ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो।

सुर्खेतको वीरेन्द्रनगरका ३ जना र गुर्भाकोट नगरपालिका एक, सिम्ता गाउँपालिकाका एक गरी ५ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाको दुई जना, कोरोना भाइरस सक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

जुम्लामा गरिएको परीक्षणमा सुर्खेत सिम्ता र सल्यानको कपुरकोटका एक/एक जनामा संक्रमण पुष्टि गरेको छ। कर्णाली प्रदेशमा गरिएको परीक्षणमा संक्रमितको संख्या ६७१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell