PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

परीक्षा तथा पठनपाठन उपयुक्त समयमा, निजी विद्यालयले दिनुपर्ने सहयोग कोषबाट लिन्छौं: शिक्षामन्त्री पोखरेल



पहिलोपोस्ट

परीक्षा तथा पठनपाठन उपयुक्त समयमा, निजी विद्यालयले दिनुपर्ने सहयोग कोषबाट लिन्छौं: शिक्षामन्त्री पोखरेल

काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोरोना महामारीले विद्यार्थीलाई स्व-मनन गरेर सिक्ने अवसर दिएको बताएका छन्। प्रतिनिधि सभामा शिक्षा क्षेत्रमा सरकारले विनियोजन गरेको बजेटका विषयमाथि उठेका प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा पनि कोरोनाले विनाश निम्ताए पनि अवसर दिएको बताए।

कोरोनाको महामारीले खुला तथा दुर शिक्षा ल्याउन सरकारलाई प्रेरित गरेको उनको भनाई छ। शैक्षिक क्षतिलाई न्युनिकरण गर्न निर्देशिका जारी भइसकेको पोखरेलले जानकारी दिए।

पोखरेलले महामारीका कारण अवरुद्ध भएका परीक्षा तथा पठनपाठन उपयुक्त समयमा सुरु हुने जानकारी दिए। 'अहिले महारामारी छ। पठनपाठन तथा परीक्षाहरु उपयुक्त समयमा सुरु हुनेछन्। शैक्षिक सत्र धरासायी हुन दिदैनौं,' उनले भने।

अर्को सेमेष्टरमा लगेर पनि शैक्षिक सत्र जोगाइने पोखरेलले बताए। महामारीका बेलमा भएकाले शिक्षा क्षेत्रमा बजेट घट्नु स्वभाविक भएको भन्दै उनले शिक्षा क्षेत्रमा बजेट नघटेको तर्क गरे। 'शिक्षामा महामारीका बेला बजेट वृद्धि भएको छ। अझ वृद्धि गर्नुपर्ने छ,' उनले भने।

वैकल्पिक शिक्षाको विकासका लागि बजेट विनियोजन भएको तथा नेपाललाई शैक्षिक हब बनाउने गरि काम भइरहेको उनको भनाई थियो।

पोखरेलले अनलाइनबाट पढाइरहेका शिक्षकले पारिश्रमिक पाउने र बाँकी शिक्षकका बारेमा भने छलफल भइरहेको उनको भनाई छ। आंशिक शिक्षकका बारेमा भने विश्वविद्यालयले नै निर्णय गर्ने उनको भनाई छ।

राष्ट्रिय शिक्षा ऐन बन्नु ऐतिहासिक भएको उनको तर्क छ। १ देखि ५ सम्मका रंगिन पाठ्यपुस्तकको तयारी भइरहेको उनले जानकारी दिए।

समाजवाद उन्मुख शिक्षाको परिणाम देखिन केही समय लाग्ने उनले बताए।

बजेटको १ सय ६६ बुँदामा सामुदायिक विद्यालयको गुणस्तर निजीलाई दिइने भन्ने उल्लेख भए पनि पोखरेलले निजीले सामुदायिकको भौतिक पूर्वाधारको जिम्मेवारी नपाउने दावी गरे। अर्थमन्त्री युवराज खतिवडाले पनि सामुदायिक विद्यालयको गुणस्तर निजी विद्यालयलाई दिने आशयले बजेटमा यस्तो ब्यवस्था नभएको प्रष्टिकरण दिएको उनले बताए।

निजी विद्यालयले गर्ने सहयोग कोषमा राखेर काम गर्न सकिने र यस विषयमा छलफल गर्न मन्त्रालय तयार रहेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell