PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लकडाउनको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



पहिलोपोस्ट

लकडाउनको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं: लकडाउनको मोडालिटीबारे छलफल गर्न मंगलवार मन्त्रिपरिषद् बैठक बस्दैछ। साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ। नियमित बैठक भएकाले छलफलको विषयबारे आफूलाई जानकारी नभएको थापाले बताए।

यसअघिको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार पार्न कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो। तर, उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीका अनुसार मोडालिटी अझै छलफल क्रममा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell