PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सांसदलाई हृदयेश त्रिपाठीको जवाफ : मन्त्रीसँग रिस उठेर प्रश्न गरे पनि मन्त्रालय नै खारेजको कुरा नगर्नुस्



पहिलोपोस्ट

सांसदलाई हृदयेश त्रिपाठीको जवाफ : मन्त्रीसँग रिस उठेर प्रश्न गरे पनि मन्त्रालय नै खारेजको कुरा नगर्नुस्

काठमाडौं: सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीले नेपालको स्वास्थ्य अवस्था उदांगो भएको बताएका छन्।

उनले नेपालको स्वास्थ्य अवस्था कमजोर रहेको कोरोना महामारीले देखाइदिएको बताए। 'अहिलेसम्म नेपालको स्वास्थ्य अवस्था कस्तो थियो उदांगो भयो। यसअघि स्वास्थ्य मन्त्री भएका कसैले पनि घमण्ड नगरे हुन्छ,' उनले भने।

उनले सांसदहरुले सामान्य प्रशासन मन्त्रालय खारेजको माग गरेकोप्रति आपत्ति जनाए। उनले मन्त्रालय खारेज गरे मुलुक नै बर्वादीको बाटोमा जाने बताए। उनले सामान्य प्रशासन मन्त्रालयले नै देशको प्रशासनको बागडोर सम्हालेको दावी गरे। उनले प्रश्न गर्ने सांसदले मन्त्रीसँग रिस उठेर प्रश्न गरे पनि मन्त्रालय नै खारेजको माग नगर्न अनुरोध गरे।

अहिले क्वारेन्टाइनको व्यवस्थापन पनि स्थानीय सरकारको समन्वयमा भइरहेको उनको भनाई छ। 'म अहिले भएको क्वारेन्टाइन युरोपियन मापदण्ड अनुसारको त भन्दिन। युरोपमा पनि थाहा भै हाल्यो नि। त्यहाँको पनि हाल कस्तो छ भन्ने,' उनले भने।

सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास कार्यक्रम) को बचाउ गर्दै उनले कोषको आवश्यकता झन बढि भएको अहिलेको महामारीले देखाएको बताए। 'निकै जोखिममा परेको थियो। अहिलेको बजेटमा पनि तर अहिले आएको छ,' उनले भने।

कोषमार्फत स्वास्थ्य र कृषिको पूर्वाधारमा खर्च गर्न त्रिपाठीले सांसदहरुलाई आग्रह गरे। उनले केही नेताहरुले प्रचारका लागि कोषको पैसा कोरोना नियन्त्रणमा दिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell