PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

राजनीतिले विवादमा तान्यो सोनू सूदलाई



पहिलोपोस्ट

राजनीतिले विवादमा तान्यो सोनू सूदलाई

लकडाउनमा सहरमा फसेका प्रवासी मजदुरको राहत, उद्धार तथा सहयोगमा खटिएका बलिउड अभिनेता सोनू सूद विवादमा तानिएका छन्।

सामाजिक सेवामा खटिँदा चौतर्फी प्रशंसा भइरहेका बेला राजनीतिक कुराले उनी विवादमा तानिएका हुन्।

शिवसेनाका नेता संजय राउतले सोनूले प्रवासीका लागि भइरहेको मद्दत राजनीतिबाट प्रेरित भएको बताएका छन्। बीजेपीको इसारामा सोनू प्रेरित भएको, कठपुतली बनेको र अब चुनाव प्रचारमा जना लागेको उनको आरोप थियो।

यो टिप्पणीले राउतको आलोचना भयो नै सोनू पनि विवादमा परे।

आफू विवादमा तानिएपछि सोनूले आफूले कसैका लागि केही पनि नगरेको स्पष्ट पारेका छन्।

आफूले प्रवासीका लागि मात्र केही गर्न चाहेको उनको भनाई छ। ‘मेरो राजनीतिमा आउने कुनै योजना छैन। म कला क्षेत्रमै सन्तुष्ट छ। अझै मेरो लागि गर्नका लागि धेरै कुरा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell