PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ सय ५८ पुगे



एम बम

सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ सय ५८ पुगे

कैलाली : सुदूरपश्चिममा मंगलवार थप ११ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा मंगलवार नै कोरोना पुष्टि भएको थियो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ५८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका ५५ जना, कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

कुल संक्रमितमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell